काठमाडौं । रसियन फौजमा भर्ति भएका ११५ जनाका परिवारले उद्धारका लागि आवेदन दिएका छन् ।
मंगलबार कञ्चनपुरमा आयोजित एक कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा रसिया पुगेर त्यहाँको फौजमा भर्ति भएका ११५ जनाका परिवारले आवेदन दिएको बताएका हुन् । ।
उनले भने ‘हालसम्म ११५ जनाको उद्धारको लागि उहाँहरूको परिवारबाट कन्सुलर विभागमा आवेदन आइपुगेको छ, रसिया सरकारले १० जनाको मृत्यु भएको जनाएको छ । हामीले फौजमा भर्ति भएकालाई फिर्ता गर्न, दिवंगतको शव र उहाँका परिवारलाई सहुलियत उपलब्ध गराउन भनेका छौँ ।’
साथै, परराष्ट्रमन्त्री साउदले सरकारको रुसमा कुनै कामका लागि वा सेनामा पठाउने नीति नरहेको समेत बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया