काठमाडौं । वरिष्ठ चिकित्सक डा. गोविन्द केसी पक्राउ परेका छन् ।
चिकित्सा शिक्षा सुधार लगायत विभिन्न मागसहित मुखमा टेप लगाएर आन्दोलनमा निस्किएका केसीलाई प्रहरीले पक्राउ गरेको हो ।
सशस्त्र द्धन्दकालका पीडितलाई न्याय पिडकलाई सजाय, खोसिएका नागरिक अधिकार फिर्ता गर, सशस्त्र द्धन्द पीडितलाई न्याय, सबै नेपालीहरुको स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच, नागरिक अधिकारको संरक्षण लगायत प्ले कार्ड बोकेर आन्दोलनमा निस्किएका केसीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीसहित आन्दोलनमा निस्किएका केही व्यक्तिहरुलाई पक्राउ गरी अहिले प्रहरीवृत्त सिंहदरबारमा राखिएको उनका एक सहयोगीले जानकारी दिए ।
केसी लामो समयदेखि नेपालको चिकित्सा शिक्षा सुधारको मागसहित आन्दोलन र अनसन गर्दै आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया