कोशी प्रदेशसभाका सभामुख आज चयन गरिँदै

लोकपथ
112
Shares

विराटनगर । कोशी प्रदेशसभाको सभामुख आज चयन गरिने भएको छ । सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्य अम्बरबहादुर विष्ट चयन हुने निश्चितजस्तै भएको छ ।

सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदवार हुन लागेका विष्टलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि समर्थन गरेपछि उनी निर्विरोध चयन हुने भएका हुन् ।एमालेको मंगलबार बिहान बसेको प्रदेश संसदीय दलको बैठकले सभामुखमा विष्टलाई समर्थन गर्ने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

गठबन्धन बाहिरको उम्मेदवार भएकाले विष्टलाई समर्थन गर्ने निर्णय भएको उनले बताए । सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले विष्टलाई समर्थन गर्ने सहमति गरिसकेका छन् ।

मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले दिउँसो ३ बजे सभामुख चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको छ ।प्रदेशसभा सचिबालयले सार्वजनिक गरेको कार्यसूची अनुसार २ः३० मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । कार्यसूची अनुसार सभामुख चयनका लागि ३ः०० बजे निर्वाचन हुने तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?