जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

लोकपथ
0
Shares

मोरङ । १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका-९ ज्योतिटोल बस्ने २४ वर्षीय श्याम बर्देवालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

बर्देवाले ती बालिकालाई आफ्नै घरमा लगेर शुक्रबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?