अर्थ मन्त्रालयले मन्त्रालयलाई भन्यो, ‘बजेट खर्च गर्न नसक्ने भए आत्मसमर्पण गर्नुस्’

काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालयहरुलाई आत्मसमर्पण गरिहाल्न आग्रह गरेको छ ।

बजेट खर्च गर्न नसक्ने भए आत्मसमर्पण गरिहाल्न अर्थ मन्त्रालयले मन्त्रालयहरुलाई आग्रह गरेको हो । 

‘मन्त्रालयले बजेट खर्च गर्न नसक्ने अवस्था देखियो, आत्मसमर्पण गरिहाल्नुस्’ अर्थ मन्त्रालयले भन्यो । 

अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार बजेट खर्च चाँडै गर्न र गर्न नसक्ने भए सरेन्डर गरिहाल्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिए । 

उनले भने, ‘सरेन्डर गर्न आग्रह गर्ने निर्णय बुधवार नै भइसकेको छ, आजै (बिहीवार)सबै मन्त्रालयहरुलाई चिठी पठाउँछौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?