बारामा एक सय जनाभन्दा बढी एकीकृत समाजवादीमा प्रवेश, माधव र किसानले गरे स्वागत

लोकपथ
728
Shares

काठमाडौं । बारा–४ स्थित परवानीपुर गाउँपालिका वडा नम्बर–५ बहुअरी गाउँका विभिन्न पार्टीमा आवद्ध एकसय भन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

सोमबार परवानीपुर गाउँपालिका कमिटि र नेपाल रिटर्नी एशोसिएसन (समाजवादी) ले संयुक्त रुपमा आयोजना गरेको पार्टी प्रवेश तथा संगठन बिस्तार कार्यक्रममा परवानीपुरका विभिन्न पार्टीमा आवद्ध नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल र बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य एवम् पार्टीका केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले स्वागत गरेका हुन् ।

पार्टी प्रवेश तथा संगठन बिस्तार कार्यक्रमलाई सम्बोधन गर्र्दै अध्यक्ष नेपालले नेपालको राजनीतिमा एकीकृत समाजवादी केन्द्रीय भूमिकामा रहेको बताए । साथै, मेची महाकाली अभियानबाट १० हजारभन्दा बढी मानिस पार्टी प्रवेश गरेको र अहिले पनि त्यसको निरन्तरता रहेको उनले बताए । ‘यसले जिल्ला जिल्लामा तरंग पैदा गरेको छ,’ उनले भने, ‘हाम्रो पार्टी गरिब, बेसाहराको साहरा, देशको विकास गर्ने, विकास गर्ने पार्टी हो ।’

त्यस्तै, प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले मधेशको विकास एकीकृत समाजवादीले मात्र गर्ने त्यसको नेतृत्व माधव नेपाललेमात्र गर्न सक्ने बताए । साथै, त्यसमा आफ्नोसमेत साथ रहेको उनको भनाई थियो । ‘बारा जिल्लाको मात्र होइन, मधेशको समग्र विकास र उन्नति नेकपा एकीकृत समाजवादीले मात्र गर्न सक्छ र त्यसको नेतृत्व माधव कुमार नेपालले मात्र गर्न सक्नुहुन्छ । त्यसमा यो क्षेत्रको सांसदको हैसियतले मैले पनि साथ दिन्छु ,’ उनले भने ।

अहिले मधेश सरकारले फाष्ट ट्रयाकदेखि निजगढ विमानस्थलसम्म पाउँदै छ । जसको पहल गर्ने व्यक्ति पूर्व प्रधानमन्त्री माधव नेपाल रहेको उनले बताए । साथै, कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्नेलाई स्वागत तथा संगठन बिस्तार कार्यक्रमको सफलताको कामनासमेत व्यक्त गरे ।

त्यस्तै, पर्साको कार्यक्रमलाई उद्योगी बाबुलाल चचानलेसमेत सम्बोधन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?