काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि ५२ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । आज सात वटै प्रदेश निर्वाचन कार्यालयमार्फत् ५२ जनाले मनोनयन दर्ता गराएका हुन् ।
बिहान १० बजेबाट अपरान्ह ३ बजेसम्ममा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए ।
आगामी माघ ११ गते रिक्त १९ पदपूर्तिका लागि निर्वाचन हुन लागेको हो ।
सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय तर्फ ८, र अन्य समूहतर्फ २१, गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया