बागमती प्रदेशमा गठबन्धनका ४ जनाले गराए उम्मेदवारी दर्ता

लोकपथ
377
Shares

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशमा गठबन्धनका तर्फबाट ४ उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

सोमबार दिउँसो हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कांग्रेसका २, माओवादी केन्द्रका १ र एकीकृत समाजवादीका १ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

जसमा अन्य कोटाबाट नेपाली कांग्रेसका जितजंग बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै महिलाबाट कांग्रेसकी विष्णुकुमारी पुडासैनीले उम्मेदवारी दर्ता गराएकी छिन् । त्यसैगरी माओवादी केन्द्रका तर्फबाट अपांग क्लस्टरबाट श्रीकृष्ण अधिकारी र दलित क्लस्टरबाट एकीकृत समाजवादीका धनश्याम रिजाल विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयनको कार्यसूची रहेको छ । कार्यसूची अनुसार सबै प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?