काठमाडौं । कलाकार दिपकराज गिरीले राष्ट्रिय सभा निर्वाचनका लागि छनोटमा परेको उम्मेदवारबारे टिप्पणी गरेका छन् ।
सामाजिक संजालमा लेख्दै कलाकार गिरीले राष्ट्रिय सभा वौद्धिक व्यक्तिहरुको बहसको थलो हुनुपर्नेमा कार्यकर्ताहरुको विश्रामस्थल जस्तो रहेको भन्दै व्यंग्य गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले भने, ‘राष्ट्रीय सभा : थाकेका ,गलेका , चुनाब हारेका पार्टीले उचित स्थान दिन नसकेर चित्त दुखाएका , असक्त कार्यकर्ता ब्यबस्थापन गर्ने थलो ‘बिश्रामपुर !’
आगामी माघ ११ गने हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयनको कार्यतालिका रहेको छ । सबै राजनीतिक दलहरुले आइतबार नै उम्मेदवारको छनोट गरिसकेका छन् ।
राष्ट्रिय सभामा योग्यता हुँदाहुँदै पनि अवसर नपाएकाहरुलाई अवसर दिने भन्दा पनि निर्वाचनमा हारेकाहरुलाई व्यवस्थापन गरिएको भन्दै आलोचना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया