२० मङ्सिर २०८०, बुधबार

टान निर्वाचन ः लम्साल प्यानलको प्रतिवद्धता पत्र सार्वजनिक

२०७४,कार्तिक,११,शनिवार १४:१७

0
Shares

काठमाडौं, ११कात्तिक – आउँदो आइतबार हुने टानको निर्वाचनका लागि मोहन लम्साल नेतृत्वको प्यानलले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । समूहले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतिवद्धता पत्र सार्वजनीक गरेको हो उक्त समूहको प्रतिवद्धता पत्रमा ट्याक्स–भ्याटका समस्या समाधान, टानको संस्थागत सुदृढिकरण, पर्वतीय पर्यटन पूर्वाधार निर्माण देखि मजदुर र पर्यटन व्यवसायीका समस्या समाधान सम्मका विषय समावेश गरिएको छ मुलुकको संघीय संरचना अनुसार पर्वतीय पर्यटनक क्षेत्रमा देखिन थालेका थप देखिन सक्ने शूल्क, स्थानीय कर तथा अन्य स्थानीय शूल्कका विषयलाई राज्य र पर्यटन व्यवसायीको समेत सल्लाह र सुझावका आधारमा समाधान खोज्ने, पदयात्रा, पर्वतारोहण, राष्ट्रिय निकुञ्ज प्रवेश लगायतका सबै अनुमति पत्र एकद्वार प्रणाली मार्फत व्यवस्था गर्ने, टानको आन्तरिक व्यवस्थालाई थप सृदृढ बनाउने, राजनीतिकरण र राजनीतिक प्रभावबाट टानलाई मूक्त राख्ने उल्लेख छ त्यस्तै प्रतिवद्धता पत्रमा टिम्सबाट संकलित रकमको केही अंश अनिवार्य रुपमा अन्तर्रा्ष्ट्रिय प्रवद्र्धमा खर्च गर्ने व्यवस्था गर्ने, नेपालको पर्वतीय पर्यटन सम्बन्धि गुणस्तरिय सामाग्रीहरु निर्माण गरि राष्ट्रिय अन्तर्रा्ष्ट्रिय विभिन्न माध्यमद्वारा प्रवद्र्धन गर्ने, मजदुर संघ–संगठनहरुसँग सम्पर्क र सहकार्य गरि मजदुर र व्यवसायी बीच सुमधुर सम्बन्ध विकास गर्ने, विस्तापित पदमार्गहरुको सट्टमा बैकल्पिक पदमार्गहरुको विकास गरिने पत्रमा उल्लेख छ पत्रकार सम्मेलनमा वरिष्ठ पर्यटन व्यवसायीद्वय केशव पाण्डे र सागर पाण्डेले मोहन लम्साल समुहको टिम व्यवसायीक र टानलाई गति दिन सक्ने गैरराजनीतिक समुह भएकोले उक्त समुहलाई अत्याधिक बहुमतले विजयी गराउन आफुहरु लागि परेको बताए त्यसैगरी अध्यक्षका प्रत्यासी मोहन लम्सालले टानलाई नयाँ गति र दिशा दिन आफ्नो समुह सक्षम रहेको बताउँदै पदयात्रा व्यवसायीहरुको तमाम समस्याहरुको समाधान गर्नको लागि आफ्नो उम्मेद्वारी रहेको बताए को हुन् मोहन लम्सालमोहन लम्साल पर्यटनमा चिरपरिचित नाम हो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० का पूर्वमहासचिव समेत रहेका लम्साल मकालु एडभेन्चर ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक हुन् । विगत दुई दशकभन्दा लामो समयदेखि उनी पर्यटन क्षेत्रमा क्रियाशिल छन् वि।सं। २०२४ साल मंसिर ८ गते मध्यपश्चिमाञ्चलको दाङस्थित तुलसीपुर नगरपालिका वडा नं। ६ मा निम्नवर्गीय किसान परिवारमा मोहन लम्सालको जन्म भएको होे । बुबा निलकण्ठ लम्साल र आमा पार्वती लम्सालका सात सन्तातमध्ये छैटौँ सन्तानको रुपमा जन्मिएका लम्सालले गाउँकै स्थानीय महेन्द्र माध्यमिक विद्यालयबाट एसएलसी सके । दुःखसुख झेल्दै खेतीपातीबाट आर्थिक जोहो गर्दै वि।सं। २०४३ सालमा विद्यालय तहको पढाइ पूरा गरे । यसलगत्तै उनी राजधानी प्रवेश गरे । उच्च शिक्षा अध्ययनको सिलसिलामा राजधानी प्रवेश गरेका लम्सालले त्यसयता विभिन्न चुनौतीहरुको सामना गर्दै अगाडि बढेका छन् र आज आफूलाई एक सफल व्यवसायीको रुपमा उभ्याउन सफल भएका छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,११,शनिवार १४:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनकुटा । धनकुटा नगरका पर्यटकीय क्षेत्रहरूको पहिचान र अवलोकनका लागि विभिन्न क्षेत्रका पर्यटनकर्मीहरुको टोली धनकुटा आएको छ । पर्यटकीय क्षेत्रहरूको

विराटनगर । आफ्नो क्षेत्रमा पर्यटक आकर्षित गर्न विभिन्न स्थानमा अनौठो जुक्ति अपनाइने गरेको छ । कतै ठाउँको नामअनुसारका स्तम्भ बनाएर

काठमाडौं । गत शुक्रबार र शनिबार पदयात्राका लागि घान्द्रुक र सिक्लेस पुगेका पर्यटकको व्यवस्थापन गर्न पर्यटन व्यवसायीलाई हम्मेहम्मे पर्‍यो ।

रामेछाप । धार्मिक तथा पर्यटकीय स्थल शैलुङ घुम्न आउने पर्यटकको संख्या क्रमशः बढ्दै गएको छ । रामेछाप र दोलखाको सिमानामा

ताजा समाचार