काठमाडौं । नेकपा एमालेले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सबै उम्मेदवारको टुंगो लगाएको छ ।
एमालेले सबै प्रदेशबाट पर्नेगरी रिक्त राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार खडा गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
जसअनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी) अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी) लाई उम्मेदवार बनाएको छ ।
त्यस्तै बागमतीमा महिलाबाट रोचककुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्ग÷अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं), दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ) लाई उम्मेदवार बनाएको छ । त्यस्तै गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपांगता÷अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ), लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा) लाई एमालेले उम्मेदवार बनाएको छ । त्यसैगरी कर्णालीमा महिलाबाट विमलकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसदा भट्ट (गुगु), दलितबाट हिक्मत विक (दैलेख), सुदूरपश्चिममा महिलाबाट सावित्रिदेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कन्चनपुर) र अपांगता/अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) लाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।
आगामी फागुन २० गतेबाट राष्ट्रियसभाका १९ सदस्यको पद िरिक्त हुँदैछ । पद रिक्त हुनुभन्दा एक महिना अगावै पदपूर्ति गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार राष्ट्रिय सभा निर्वाचन हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया