२६ अंकले घट्यो नेप्से

लोकपथ
0
Shares

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक आइतबार २६.३६ अंक(–१.२८ प्रतिशत)ले घटेर २०२२.९२ विन्दुमा झरेको छ ।
आइतबार एक करोड ५२ लाख ६८ हजार ३९९ कित्ता सेयर पाँच अर्ब २४ करोड करिव १५ लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

३०४ वटा कम्पनीको कारोबार भएकोमा आइतबार ८१ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

१३ उपसमूहको समूहगतमध्ये हाइड्रोपावरको सूचक मात्र बढेको छ ।सबैभन्दा बढी कमाउनेमा १० प्रतिशतले सेयर मूल्य बढेको तेह्रथुम पावर कम्पनी लिमिटेड छ । अरू सात कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । सबैभन्दा बढी गुमाउनेमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड छ । यसको सेयर मूल्य आइतबार ६ दशमलब ६९ प्रतिशतले घटेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?