काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन भएको छ ।
निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आज सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रशासन गरिएको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले दिएको जानकारी अनुसार कोशी प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता संख्या ९३ तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख उपप्रमुख तर्फको मतदाता संख्या २७४ गरी कुल ३६७ रहेका छन् । सो अनुसार कोशी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४९२९ र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५२०६गरी जम्मा १०१३५ रहेको छ ।
त्यस्तै मधेश प्रदेश सभातर्फ मतदाता संख्या १०७ तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतदाता संख्या २६७ गवरी कुल ३७४ जना मतदाता रहेका छन् । सो अनुसार मधेश प्रदेश सभा सदस्यको मतभार ५६७१ र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको तर्फको मतभार ५०७३ गरी कुल १०७४४ मतभार कायम हुनेछ ।
त्यसैगरी बागमती प्रदेशसभा सदस्य तर्फ मतदाता संख्या १ १० तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको तर्फबाट मतदाता संख्या २३७ गरी ३७४ जना मतदाता कायम रहेको छ । सो अनुसार बागमती प्रदेश सभा सदस्यको मतभार ५८३० र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको तर्फबाट मतभार ४५०३ गरी जम्मा १०३३३ मतभार कायम हुनेछ ।
यता गण्डकी प्रदेशमा प्रदेश सभा सदस्यतर्फको मतदाता संख्या ६० तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको तर्फबाट मतदाता संख्या १७० गरी जम्मा २३० जना मतदाता कायम भएका छन् । सो अनुसार गण्डकी प्रदेश सभा सदस्यतर्फको मतभार ३१८० र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको तर्फको मतभार ३२३० गरी जम्मा ६४१० मतभार कायम हुनेछ ।
लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ८७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २१८ गरी जम्मा ३०५ जना मतदाता कायम भएका छन्। सो अनुसार लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४६११ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ४१४२ गरी जम्मा ८७५३ मतभार कायम हुनेछ।
कर्णाली प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ४० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या १५६ गरी जम्मा १९६ जना मतदाता कायम भएका छन्। सो अनुसार कर्णाली प्रदेशमा प्रदेश सभा सदस्यको मतभार २१२० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार २९६४ गरी जम्मा ५०८४ मतभार कायम हुनेछ।
सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या १७६ गरी जम्मा २२८ जना मतदाता कायम भएका छन्। सो अनुसार कर्णाली प्रदेशमा प्रदेश सभा सदस्यको मतभार २७५६ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ३३४४ गरी जम्मा ६१०० मतभार कायम हुनेछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशगत मतदाताको संख्या तथा मतभार निम्नानुसार रहेको छ :

उल्लिखित मतदातामध्ये प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रति मतदाता मतभार १९ रहेकोले मिति २०८० माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रदेश सभा सदस्यको कूल मतभार २९०९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८४६२ गरी जम्मा ५७५५९ मतभार रहेको छ ।
आगामी फागुन २० गतेबाट १९ राष्ट्रिय सभा सदस्यको पद रिक्त हुँदैछ । राष्ट्रिय सभा सदस्यको पद रिक्त एक महिना अघि नै पदपूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्था अुनसार राष्ट्रिय सभा निर्वाचन हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया