काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार टुंगो लगाएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले राष्ट्रियसभामा माओवादी केन्द्रलाई ६ सिट दिने निर्णय गरेको थियो । सोही अनुसार आजै बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले नाम टुंगो लगाएको हो ।
जसअनुसार कोशीमा चम्पा कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, लुम्बिनीबाट झक्कु सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी कर्णाली प्रदेशबाट विष्णु विक र सुदूरपश्चिम प्रदेशबाट रेनु चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
१९ सिटमध्ये नेपाली कांग्रेसले १० सिट, माओवादी केन्द्रलाई ६ सिट, एकीकृत समाजवादीलाई २ सिट र जनता समाजवादी पार्टीलाई १ सिट भागबण्डामा परेको छ ।
आगामी फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया