काठमाडौं । केकभित्र गाँजा राखेर बिक्री गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको घट्टेकुलोबाट विसन मानन्धरलाई पक्राउ गरेको हो । मानन्धरले गाजा राखेर केकहरू अनलाइनमार्फत प्रयोगकर्तासम्म पुर्याउने गरेको खुलेको छ ।
उनले इन्स्टाग्राममा अकाउन्ट बनाएर त्यसमार्फत ती केक बिक्री वितरण गर्ने गरेको प्रहरीको भनाइ छ । गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोला एक सय ७८ ग्राम, ७ सय ५४ ग्राम गाँजा उनको घरबाट बरामद भएको प्रहरीले जनाएको छ ।
मानन्धरले विगत एक वर्षदेखि यसरी केक बनाएर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया