जुवातास खेल्दै गरेको अवस्थामा कास्की र कञ्चनपुरबाट १४ जना पक्राउ

लोकपथ
21
Shares
काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा कास्की र कञ्चनपुरबाट १४ जनालाई प्रहरीले  पक्राउ  गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका-१२ चापापानीमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१० बस्ने ५० वर्षीया पञ्च गुरुङ समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ९ सय ८५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
त्यस्तै कञ्चनुरको  भिमदत्त नगरपालिका-३ जामिरगाडास्थित जङ्गलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-९ बस्ने ३३ वर्षीय भवानी सिंह बुढा समेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४२ हजार ६ सय ४५ रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा  थप अनुसन्धान गरिरहेको प्रहरीले  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?