सालकको खपेटासहित दुईजना पक्राउ

लोकपथ
49
Shares

सुनसरी । सालकको खपेटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिका-५ किशान चोकबाट संरक्षित सालकको खपेटा ३ सय ४० ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ ससुराली घरमा बस्ने संखुवासभा चिचिला गाउँपालिका-३ घर भएका २८ वर्षीय सन्दिप राई र धरान उपमहानगरपालिका-१६ डेरा गरी बस्ने संखुवासभा धर्मदेवी गाउँपालिका-३ घर भएका २१ वर्षीय मनोज तामाङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राईको कोठा तलासी गर्ने क्रममा उनलाई उक्त खपेटासहित पक्राउ गरेको हो । साथै थप सोधपुछ गर्ने क्रममा तामाङबाट उक्त खपेटा लिएको भनी खुल्नआएपछि तामाङलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?