श्रीलङ्कन महिलाले ब्राभित्र लुकाएर ल्याएको अवैध सुन विमानस्थलबाट बरामद

लोकपथ
3.5k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन बरामद गरिएको छ ।

गएराति दुवइबाट ल्याइएको १ केजी बढी अवैध सुन बरामद गरिएको विमानस्थलका डिआइजी अर्जुन चन्दले लोकपथलाई जानकारी दिए ।

फ्लाई दुवईबाट नेपाल आएकी श्रीलंकाकी ४५ वर्षीया कान्थीमाथाई काभास्कारको साथबाट सुन बरामद गरिएको उनले बताए ।
गएराति १ बजे उनले लगाएको ब्रा भित्र प्लास्टिकमा बेरेको अर्धठोस ५०० ग्रामका दुई पोका र उनले लगाएको कट्टुभित्र लुकाएको अर्धठोस गरी १३०० ग्राम गरी १ केजी ३०० ग्राम सुन बरामद गरिएको चन्दले जानकारी दिए ।

त्यसबारे थप अनुसन्धान भइरहेको उनले बताए । पछिल्लो समय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध सुन बरामद हुँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?