पुनः १७ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

लोकपथ
91
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुुनः १७ अर्ब रुपैयाँको टे«जरी बिल बिक्री गर्नै भएको छ । सो दिन अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।

पुस २४ गते मंगलबार जारी मिती तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले बोलकबोल पेस गर्न सक्ने छन् । बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको नौं अर्ब रुपैंयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यी ट्रेजरीहरुको परिपक्व हुने अवधि क्रमशः २०८० चैत्र २७ गते र २०८१ असार २६ गते तोकिएका छन् । यि टे«जरी बिलहरु मध्येमा एक सय ८२ दिने अवधिको नौं अर्ब मध्ये तीन अर्ब रुपैंयाँ बराबरको ट्रेजरी नयाँ भएपनि बाँकी भने सबै पुरानो नविकरण अन्र्तगतको रहेको राष्ट्र बैंकको भनाई छ ।

गत साता अर्थात यही पुस १६ गते पनि राष्ट्र बैकले २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?