राष्ट्रिय सभा सदस्यको निर्वाचनबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक बस्दै

लोकपथ
266
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।

राष्ट्रिय सभा सदस्यको भागबण्डा मिलाउनका लागि माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।

अहिले बालुवाटारमा गठबन्धन बैठक बसिरहेको छ । गठबन्धनको बैठक सकिएलगत्तै माओवादीको बैठक शुरु हुने बताइएको छ ।

यसअघि शनिबार बसेको गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँट गर्ने सहमति गरेको थियो । तर एकीकृत समाजवादीले थप एक सिट माग गरेपछि आजका लागि पुनः बैठक बोलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?