हजरिया सेवा समाजको अध्यक्षमा थापा

काठमाडौं । सर्लाहीको हजरियाबाट काठमाडौंमा आएर पेशा व्यवसाय गर्दै बसेकाहरूको साझा संस्था हजरिया सेवा समाजको अध्यक्षमा नरेश थापा चयन भएका छन् । समाजको ५ औँ महाधिवेशन तथा साधारण सभाले शनिबार थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा विष्णु पौडेल, फिरोज खड्का, कौशल खड्का, दिनकरसिंह दाहाल र दिप्ती दाहाल, सचिवमा पत्रकार नवीन गिरी, सहसचिवमा प्रेक्षा कार्की तथा कोषाध्यक्षमा सन्तोष पोखरेल छन् ।

त्यस्तै, सदस्यहरूमा विजय दाहाल, सलिना कडाल, सुनिता वाग्ले, अभिषेककुमार महतो, प्रमिला कार्की, अञ्जना बस्नेत, सरोजकुमार चौधरी, हेमबहादुर लामा, ज्ञानु परियार, विमल पोखरेल, रामानन्द महतो र नागेन्द्र सहनी रहेका छन् ।  ०६३ सालमा स्थापना भएको समाजमा एक हजारभन्दा धेरै सदस्य छन् । समाजले हजरियालाई केन्द्र बनाएर सामाजिक कामहरू गर्दै आएको छ भने काठमाडौँमा बसोबास गर्दै आएकाहरूको साझा चौतारी बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?