१९ मङ्सिर २०७९, सोमवार

वाम गठबन्धनका शीर्ष नेताको बैठक जारी, के आउला निर्णय ?

२०७४,कार्तिक,११,शनिवार १४:०६

0
Shares

काठमाडौँ, ११ कात्तिक ( आसन्न निर्वाचनका सन्दर्भमा बाँकी जिल्लाको क्षेत्र बाँडफाँड र घोषणापत्रलाई अन्तिमरुप दिन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० को वाम गठबन्धनको शीर्ष नेताको संयुक्त बैठक जारी छ एमालेका उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा जारी बैठकमा दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि आपसी सिट बाँडफाँडलाई टुंगो लगाउने तयारी भएको छ एमालेका सचिव पृथ्वी सुब्बा गुरुङका अनुसार दुई दलका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठकले सिट टुंगो लगाएपछि एमालेको स्थायी कमिटीले उम्मेदवारको चयनबारे निर्णय गर्नेछ । एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशतका आधारमा सिट बाँडफाँड गर्न एमाले महासचिव ईश्वर पोखरलको संयोजकत्वमा रहेको कार्यदलले शीर्ष नेतालाई आफ्नो प्रतिवेदन दिइसकेको छ । बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेता छन् गठबन्धनले संयुक्त घोषणापत्रलाई पनि चाँडै टुंगो लगाउने बुझिएको छ । दुई दलबीच गत असोज १७ मा पार्टी एकता र चुनावी तालमेल गर्ने घोषणा भएको थियो । ओली र दाहालले देशभर संयुक्त निर्वाचन परिचालन कमिटी र पार्टी एकता संयोजनसम्बन्धी भेला गरी संयन्त्र गठन गर्न शुक्रबार अन्तरपार्टी निर्देशन दिएका थिए

प्रकाशित मिति: २०७४,कार्तिक,११,शनिवार १४:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले काठमाडौं उपत्यकाका नदी किनारमा बसिरहेका अव्यवस्थित बसोबासीहरुको विकल्पसहित समाधान खोजिने बताएका छन् ।

काठमाडौं । गण्डकी प्रदेशका खेलकुदमन्त्री तथा मनाङ प्रदेश सभा ‘ख’ बाट निर्विरोध प्रदेश सभा सदस्यमा निर्वाचित राजिब गुरुङ उर्फ दीपक

काठमाडौं । सत्तारुढ गठबन्धनले मुुलुकको विद्यमामन चुनौतीहरुको सामना गर्नुपर्ने आवश्यक्ताले वर्तमान गठबन्धनलाई निरन्तरता दिनुपर्ने निचोड निकालेको छ । निर्वाचनपछि बसेको

दाङ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ खण्डमा सडक मिचेर बनाएका संरचना हटाउन निर्देशन दिइएको छ । सडक डिभिजन कार्यालय दाङले

ताजा समाचार

रिलायन्स फाईनान्स १४ औँ वर्षमा प्रवेश
 २०७९,मङ्सिर,१९,सोमवार १९:४८