बरहथवा घटनाको छानबिनका लागि गृहले बनायो तीन सदस्यीय समिति, मृतकको परिवारलाई १० लाख दिने

लोकपथ
63
Shares

काठमाडौं । बरहथवा घटनाको छानबिनका लागि गृहमन्त्रालयले तीन सदस्यीय समिति बनाएको छ ।

घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गृहमन्त्रालयले तीन सदस्यीय समिति बनाएको हो । सो समितिमा प्रहरी महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहेका छन् ।

साथै गृह मन्त्रालयले मृतकको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

शुक्रवार प्राथमिक स्वास्थ्य केन्द्र बरहथवालाई स्तरोन्नति गर्ने विषयमा विवाद हुँदा सर्लाहीको बरहथवा नगरपालिका–५ मा गोली लागेर ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?