सासमङद्वारा ग्यालेक्सी ए०५ र ग्यालेक्सी ए०५एस सार्वजनिक

लोकपथ
3.9k
Shares

काठमाडौं । सासमङको अत्यन्त प्रिय र मागमा रहने ग्यालेक्सी ए सिरिजमा यो डिसेम्बर महिनामा थप २ नयाँ सदस्यहरु ग्यालेक्सी ए०५ र ग्यालेक्सी ए०५ एस थपिने भएको छ ।

अधिक सुलभ मुल्य र अभूतपूर्व विशेषताहरुले भरिएको यी नयाँ मोडलहरुले आफ्ना प्रयोगकर्ताहरुलाई पक्कै पनि खुशी तुल्याउनेछ र नेपाली बजारमा तहल्का मच्चाउनका लागि पूर्ण रुपमा तयार रहेका छन् । यी नयाँ मोडलहरुको उपलब्धता संगसंगै सामसङको इन्ट्री–लेभलका फोनको समुहले बहु प्रतिक्षित अपडेट प्राप्त गर्नेछ ।

ग्यालेक्सी ए०५ मा २ प्रकारको मेमोरी ४/६४ जिबि र ६/१२८ जिबि रहनेछन् र ग्यालेक्सी ए०५एस मा ४/१२८ जिबि र ६/१२८ जिबि मेमोरी भेरिएन्टहरु रहनेछन् । यी नयाँ प्रस्तुत गरिएका दुवै ग्यालेक्सी ए०५ र ग्यालेक्सी ए०५एस मा क्रमशः ६.७ इन्च र ६.७२ इनचको स्क्रिनहरुसहितको ५० एमपि प्राइमरी क्यामरा जडित छन् । दुवै नयाँ स्मार्टफोनहरुले अतिरिक्त स्टोरेज विकल्पसहितको माइक्रो एसडिका साथ १ टिबि बाह्य मेमोरीलाई समर्थन गर्नेछन्, जसको कारण प्रयोगकर्ताहरुले उनीहरुले क्याप्चरगरेकासबै मेमोरीहरु र स्टोरीहरुलाई सजिलै सुरक्षित राख्न सक्दछन् ।

ग्यालेक्सी ए०५ मा भएको अद्भूत ५० एमपि क्यामरालाई पछाडीपट्टि २ एमपिको देप्थलेन्स र अगाडी पट्टि ८ एमपि क्यामराले साथ दिएका छन् । ग्यालेक्सी ए०५एसको कुरा गर्ने हो भनें यसमा भएको म्याक्रो लेन्स र अगाडि पट्टि १३ एमपि क्यामराका साथ २ एमपि क्षमतायुक्त अत्यन्त गहन सेन्सर भएको प्राइमरी कयामराका साथ तिनवटा लेन्सयुक्त पछाडीको क्यामराबाट कुनै पनि पल क्याप्चर गर्नसक्नेछ । ग्यालेक्सी ए०५ एस सम्पूर्ण नयाँ क्वालकोम स्न्यापड्रागन ६८० प्रोसेसरद्वारा सुसज्जित छ, जसले अत्यन्त उत्कृष्ट कार्य सम्पादनका साथ गेमिङ, अवलोकन र साझा गर्ने कार्यलाई निर्वाध तवरले चालु राखिदिन्छ । साथै ग्यालेक्सी ए०५ एसमा तपाईंलाई थप सुविधा प्रदान गर्नका लागि साइड माउण्ट फिंगरप्रिन्ट सेन्सर पनि जडान गरिएको छ । यी दुवै नयाँ मोडलहरुमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको हुँदा बिना कुनै आशँका तपाईंलाई दिनभर काम गर्न र खेल्नको लागि पर्याप्त पावर प्राप्त हुनेछ । यी फोनहरुमा २५ वाटको ओरिजिनल एडप्टर पनि रहेको छ ।

सासमङ ग्यालेक्सी ए०५ आकर्षक कालो, हल्का हरियो र रजत रङ्गहरुमा उपलब्ध हुनेछन् र यसको बजार मुल्य ४/६४ जिबिको लागि ने.रु.१४,९९९/र ६/१२८ जिबिको लागि ने.रु.१८,९९९/ कायम गरिने छ । यसैगरी ग्यालेक्सी ए०५ एस कालो, हल्का हरियो र हल्का बैजनी रङ्गहरुमा उपलब्ध हुनेछन् र यसको बजार मुल्य ४/१२८ जिबिको लागि ने.रु.२१,९९९/र ६/१२८ जिबिको लागि ने.रु.२३,९९९/कायम गरिने छ ।

तपाईले यी उत्कृष्टनयाँ स्मार्टफोनहरू कुनै पनि अधिकृत सामसङ स्टोरहरूमा गई इन्स्टा फाइनान्स सेवाका साथ सजिलै सँग प्राप्त गर्न सक्नुहुन्छ । यो सेवाद्वारा झन्झटमुक्त ईएमआइमा शुन्य प्रतिशत थपिएको इन्ट्रेस्टको साथ सजिलो प्रशोधन समावेश छजसले तपाइँलाई तपाइँको मनपर्ने स्मार्टफोन एक घण्टा भित्र तपाइँको हातमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?