काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले आज बुटवल उपमहानगरपालिका वार्ड नं ७ मा रहेको नीलकण्ठ बाबाधाम मन्दिरमा पूजा गरेका छन्।
दुई हप्तादेखि भैरहवामा बसेका पूर्वराजा शाहले पुस १ गतेबाट सुरु भएको शिव शक्ति-११ अतिरुद्री महायज्ञमा आज पूर्व राजाले पूजा गरेका हुन्। पूवराजालाई मन्दिरका पुजारी तथा पदाधिकारीले स्वागत गरेका थिए।
सो अवसरमा मन्दिर परिसरमा भेला भएका समर्थकहरूले ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाएका थिए ।
पुस ९ गते भैरहवामा परिवारसहित गएका पूर्वराजा यसअघि नवलपरासी बर्दघाट रहेको मन्दिरमा पनि पूजा गरेका थिए। उनलाई पुस १९ गते भैरहवामा नागरिक अभिनन्दनसमेत गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया