साताको सेयर बजार : नेप्से दुई हजार ४९ अंकमा कायम रहँदा १८ अर्ब भन्दा बढीको कारोबार

लोकपथ
182
Shares

काठमाडौं । लगानीकर्ताहरुको लागि यो साता सेयर बजार खासै सुखद हुन सकेन । नियमित कारोबारका लागि सातामा चार कार्य दिन मात्र खुल्ला रहेको नेप्से लगातार तीन कार्य दिन ओरालो लागेको थियो भने चौंथो दिन दोहोरो अंकले नेप्से बढेको थियो । तर यो एक दिनको मात्र बढाईले लगानीकर्ताहरुमा कुनै उत्साह ल्याउन सकेन । सो अनुसार नेप्से यो साता दुई हजार ४९ दशमलव २८ बिन्दुमा सिमित हुन पुग्यो भने क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स तीन सय ७८ दशमलव १६ अंकमा सिमित हुन पुग्यो ।

साताभर नेप्सेमा तीन सय छ वटा कम्पनीहरुको तीन लाख ९२ हजार नौं सय ९५ पटक सेयर किनबेच भयो । जसबाट यो साता चार करोड ९६ लाख ३० हजार आठ सय ७० कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम १८ अर्ब १५ करोड ८६ लाख सात हजार छ सय ४४ रुपैंयाँ २६ पैसा पुग्यो । यो कारोबार रकम गत साताको तुलनामा दुई अर्ब रुपैंयाँले मात्र बढी हो । गत साता तीन सय नौं वटा कम्पनीहरुको १३ लाख ४७ हजार तीन सय ३६ पटक सेयर किनबेच भएको थियो । सो अनुसार उक्त साता चार करोड ४५ लाख ८५ हजार दुई सय २७ कित्ता शेयर खरिद–बिक्री हुुंदा कुल कारोबार रकम १६ अर्ब ६५ करोड १४ लाख ४७ हजार सात सय ३८ रुपैंयाँ ७७ पैसा पुगेको थियो ।

दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा यो साता नेप्से नियमित कारोबारको लागि चार कार्य दिन मात्र खुल्ला रहेको थियो । पहिलो दिन सार्वजनिक बिदा परेकाकारण बन्द रहेको नेप्से दोस्रो, तेस्रो र पाँचौं दिन घटेको थियो चौंथो दिन बढेको थियो । सो मध्ये दोस्रो दिन आठ दशमलव ७५ अंकले घटेर दुई हजार ६० दशमलव १५ अंकमा सिमित हुन पुगेको नेप्से तेस्रो दिन पुन ३० दशमलव पाँच अंकले घटेर दुई हजार ३० दशमलव १० अंकमा खुम्चियो । चौंथो दिन भने २७ दशमलव ९० अंकले बढेर दुई हजार ५८ अंकमा पुग्न सफल भएको नेप्से पाँचौं दिन पुन आठ दशमलव ७१ अंकले घटेर दुई हजार ४९ दशमलव २८ अंकमा सिमित हुन पुग्यो ।

यसैगरी दोस्रो दिन शुन्य दशमलव ३७ अंकले घटेर तीन सय ८५ दशमलव शुन्य सात अंकमा सिमित हुन पुगेको सेन्सिटिभ इन्डेक्स तेस्रो दिन चार दशमलव ५४ अंकले घटेर तीन सय ८० दशमलव ५३ अंकमा खुम्चियो । चौंथो दिन भने तीन दशमलव ७६ अंकले बढेर तीन सय ८४ दशमलव २९ अंकमा पुग्न सफल भएको सेन्सिटिभ इन्डेक्स पाँचौं दिन पुन पाँच दशमलव १२ अंकले घटेर तीन सय ७९ दशमलव १६ अंकमा सिमित हुन पुग्यो ।

यो साता सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी रकम कारोबार भयो भने शिवम सिमेन्ट, नेपाल पुर्नबीमा कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी संख्यामा सेयर किनबेच भयो । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?