काठमाडौं । राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् ।
बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भट्टलाई पक्राउ गरेको हो । मण्डला डिजिटल होल्डिङ्स प्रालिको लगानी रहेको टुटल नेपाल प्रालिका सिइओ समेत रहेका भट्टले प्रतिलिपि अधिकार ऐन तथा आपराधिक विश्वासघात गरेको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
मण्डला डिजिटल होल्डिङ्स पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र जयवीर देउवासहित ३ जना संचालक रहेको कम्पनी हो । जसमा जयवीरसहित दिप्त शाह र सिवाङक जंक थापा संचालक रहेका छन् । मण्डला डजिटल होल्डिङ्सको गत मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले प्रतिलिपि अधिकार ऐन तथा आपराधिक विश्वासघात गरेको विषयमा प्रहरीमा जाहेरी दिने, अख्तियारमा उजुरी दिने लगायतका निर्णयहरु गरेको थियो ।
‘यस सम्बन्धमा यस कम्पनीले लगानी गरेको टुटल नेपाल प्रालिको वौद्धिक सम्पत्ति Tootle App सँग सम्बन्धित विषयहरुमा प्रतिलिपि अधिकार ऐन, २०५९ र मुलुकी फौजदारी संहिता, २०७४ को दफा २५२ बमोजिम समेतको कसूर भएको हुँदा सो सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिने निर्णय गरियो ।’ निर्णयमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया