काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिको गंगा आरती र कोर क्षेत्रको दिप प्रज्वलनबारे भिडियो सामग्री सामाजिक सञ्जालमा राखे कारबाही हुने सूचनाबारे आपत्ति जनाएको छ ।
कोषका कार्यकारी निर्देशक लक्ष्मी पुनले एक सूचना जारी गर्दै बुढासुब्बा डिजिटल प्रालिले कोषको आधिकारिकता प्राप्त संस्था भन्दै निकालिएको विज्ञप्तिप्रति आपत्ति जनाएका हुन् ।
बुढासुब्बा डिजिटलले सूचना जारी गर्दै भनेको थियो, ‘यस पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दिप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ । यहाँ खिचिएका भिडियो सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युटुबमा व्यवसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कार्वाही हुने जानकारी गराउँदछौँ ।’ कोषको बोधार्थमा बुढासुब्बाले भनेको थियो ।
तर कोषले भने बुढासुब्बाले कोषको लोगो प्रयोग गरी नाम समेत राखेकोप्रति असहमति जनाउँदै त्यसमा कोषको कुनै पनि संलग्नता नरहेको जनाएको छ ।
उक्त सूचना सार्वजनिक हुने बित्तिकै पशुपति क्षेत्र विकास कोषको ठूलो आलोचना भइरहेको छ । कोषले नाम र लोगो प्रयोग भएकोप्रति आपत्ति जनाए पनि कारबाही गर्ने विषयमा भने केहि बताएको छैन ।
‘उक्त सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नाम समेत राखी सूचना प्रकाशित भएकोमा कोषको असहमति रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया