अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्रीले पाए सफाइ

लोकपथ
468
Shares

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा सफाइ  दिएको छ  ।

सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले अवहेलनासम्बन्धी उजुरीमा ‘मागदाबी नपुग्ने’ भनी निर्णय सुनाएको हो ।

सात वर्षअघि वर्तमान प्रधानमन्त्री प्रचण्डले दिएको एक अभिव्यक्तिका कारण अवहेलनाको आरोप खेपेका दाहाललाई सर्वोच्च अदालतको संयुक्त इजलासले सफाइ दिएको हो ।

द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलाबारे टिप्पणी गरेपछि अधिवक्ता दिनेश त्रिपाठीले प्रचण्डविरुद्ध १२ जेठ २०७३ मा अवहेलना मुद्दा दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?