ओलीसँग बालकोटमा १ घण्टा रवि, के भयो कुराकानी ?

लोकपथ
1.4k
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच भेटघाट भएको छ ।

आज ओलीलाई भेट्न लामिछाने ओली निवास बालकोट पुगेका थियो । १ घण्टा लामो भेटमा समसामयीक राजनीतिका विषयमा छलफल भएको रास्वपा उपसभापति डिपी अर्यालले लोकपथलाई जानकारी दिए । लामो समयदेखि भेटघाट नभएको र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुबीच भेट हुनु सामान्य रहेको उनले बताए ।

‘लामो समयपछि आज भेट भएको हो । संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुबीच भेटघाट हुनु सामान्य हो ।’ उनले भने, ‘समसामयीक राजनीतिका विषयमा छलफल भएको हो अन्य खास विषय केही पनि थिएन ।’

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनमा आवद्ध दलका केही शीर्ष नेताहरुबाट एमालेलाई पनि मिलाएर लैजाने विषयमा छलफल भइरहेको छ । तर रास्वपाबारे भने कुनै धारणाहरु बाहिर नआएका बेला ओली–लामिछानेको भेटलाई अर्थपूर्ण हेरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?