काठमाडौं । राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।
भट्टलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति पक्राउ गरेको हो ।
उनलाई प्रतिलिपि अधिकारको उल्लंघन गरेको र आपराधिक विश्वासघात गरेको आरोप पक्राउ गरिएको जिल्ला प्रहरी परिसर टेकुका एसपी कुमोद ढुंगोलले लोकपथलाई जानकारी दिए ।
टुटलसँग सम्बन्धित रहेको उक्त विवादका कारण उनीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । सोही आधारमा उनलाई पक्राउ गरिएको ढुंगेलले बताए ।
२०७२ सालको नाकाबन्दीपछि विभिन्न राइड सेयरिङ एप सञ्चालनमा आएका थिए । त्यसमध्ये चर्चित टुुटल र पठायो रहेकोमा अहिले पठायोले बजारमा आफ्नो प्रभुत्व जमाइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया