नक्कली नोटसहित एकजना पक्राउ

लोकपथ
154
Shares

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाबाट प्रहरीले ठुलो मात्रामा नक्कली जस्तो देखिने नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

नक्कली जस्तो देखिने नेपाली नोट १ हजार दरको १ हजार ८ सय ४३ थानसहित गुजरा नगरपालिका–५ हरिहरपुर बस्ने २५ वर्षीय संदिप यादवलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट, विभिन्न बैंकको एटिएम कार्ड ५ थान र १६ लाख ६५ हजार रूपैयाँ र तीन थान चेकसमेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरी थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?