जुवातास खेल्दै गरेको अवस्थामा काठमाडौं र अछामबाट १३ जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा काठमाडौं र अछामबाट १३ जनालाई प्रहरीले पक्राउ गरेको छ  । काठमाडौंको दक्षिणकाली नगरपालिका-५ हात्तीवनस्थित जंगलमा जुवातासखेलिरहेको अवस्थामा सोही नगरपालिका-५ डल्लु बस्ने ४० वर्षीय कबिर तामाङसमेत ९
जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय फर्पिङबाटखटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६५ हजार रूपैयाँ र विभिन्न ब्राण्डका मोबाइल
१० थानसहित पक्राउ गरेको हो ।

त्यस्तै अछामको मंगलसेन नगरपालिका-५ मंगलसेन बजारस्थित अर्जुन सिंह बिष्टको सिलाई कटाईको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय रमजान खाँ समेत ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।

जिल्ला प्रहरी कार्यालयअछामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ६ सय ३० रुपैयाँ र ४ बुकताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?