जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जापान पठाइदिन्छु भन्दै ६ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-४ घर भएका ५० वर्षीय गणेश कुमार कुलुङ राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

राईले २ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाई प्रतिष्ठित होटलमा मासिक २ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं माछापोखरीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?