भैरहवामा पूर्वराजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन

लोकपथ
203
Shares

भैरहवा । पूर्वराजा ज्ञानेन्द्र शाहलाई रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । पूर्व राजालाई शाहलाई आज स्थानीय नागरिक अभिनन्द समितिले विशेष अभिनन्दन गरेको हो ।

समारोहमा एमाले, कांग्रेस, माओवादी, तराई केन्द्रीत दलका स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको छ ।

नागरिक अभिनन्दन समारोहको मूल आयोजक समितिका संयोजक डा। रामप्रसाद बस्याल पूर्वएमाले नेता हुन् ।

कार्यक्रममा ‘राजा आउ देश बचाउ’ लगायतको नारा लगाइएको थियो । साथै अभिनन्दनअघि विभिन्न ठाउँबाट सहभागी भएका नागरिक तथा विभिन्न संघ संस्थाले झाँकी तथा साँस्कृतिक प्रस्तुति गरेका छन् ।

अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहसहित, पूर्वरानी कोमल राज्य लक्ष्मी, छोरी प्रेरणा सहभागी भएका छन् ।पूर्वराजा शाह गत पुस ८ गते भैरहवा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?