भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्प, यी हुन् आकर्षक उपहार जित्ने ५ ग्राहक

लोकपथ
26
Shares

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा OEM पार्टनरको रुपमा सहभागी भएको छ ।

जाडो मौसमले दुई पाङ्ग्रे साधनमा नकारात्मक असर पार्न सक्ने हुनाले, सो असरबाट सुरक्षित रहन भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्प सम्पन्न भएको कम्पनीले जनाएको छ ।

पौष ५ देखि १४ गते सम्म संचालित सो क्याम्प काठमाडौं उपत्यका भरीका ५ वटा स्थानमा रहेको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेशनमा सम्पन्न भएको थियो । भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र गल्फ इन्जिन आयल चेन्ज प्रदान गरेको थियो । सो क्याम्पमा सहभागी २६०० भन्दा धेरै ग्राहक मध्ये ५ भाग्यमानी ग्राहकलाई लक्की ड्र मार्फत आकर्षक उपहार प्रधान गरिएको थियो ।

लक्की ड्र बाट रत्न केशरी रंजितकार (भक्तपुर), रन्जु नेपाल (बनेपा), नविना श्रीश (एकान्तकुना), रोमीका न्यौपाने (गहनापोखरी) र मोनिका श्रेष्ठ (झम्सिखेल) बिजेता हुनु भएको थियो। क्याम्प नेपाल ल्युब आयल र भेस्पा/अप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिको संयुक्त आयोजनामा भएको हो ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३९ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?