२५ पुसको फैसलापछि मात्रै सन्दीपबारे क्यानले औपचारीक निर्णय लिने

लोकपथ
3.3k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बारेमा नेपाल क्रिकेट संघ (क्यान) ले पुस २५ पछि मात्रै औपचारीक निर्णय गर्ने भएको छ ।

क्यानका सचिव पारस खड्काले सन्दीपबारे स २५ पछि मात्रै क्यानले औपचारीक निर्णय गर्ने बताएका हुन् । साथै उनले सन्दीपका वकिल र त्रिकेट संघका कानुनी सल्लाहकारसँग कुराकानी भएको बताए ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले बलात्कारको मुद्दामा दोषी ठहर भएका लामिछानेलाई दोषी ठहर गर्दै सजाय सुनाउनका लागि पुस २५ मा पेशी तोकेको छन् ।

गत शुक्रबार क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले गौशाला २६ माथि बलात्कार भएको घटनामा  दोषी ठहर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?