काठमाडौं । सरकारले गायक पशुपति शर्मालाई प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) प्रदान गर्ने निर्णय गर्यो । तर, सो प्रबल जनसेवा श्री पुरस्कार शर्माले पाएनन् ।
यस वर्ष सरकारले विभिन्न क्षेत्रका ३ सय ४२ जनालाई मानपदवी र विभूषण प्रदान गर्ने निर्णय गरिएको मा प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पुरस्कारका लागि गायक शर्माको नाम परेको थियो ।
गृहमन्त्रालयले २०७५ साल असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणहरुमध्ये मानपदवी प्राप्त गर्ने व्यक्तिहरुको नामावली सार्वजनिक गर्यो । उक्त नामावलीमा गायक शर्माको नाम प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी)को ९ नम्बरमा रहेको थियो ।
सरकारले घोषणा गरेको उक्त मानपदवी नयाँ वर्ष अर्थात् आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी थिइन् ।
तर, गायक शर्माले भने सो विषयमा खबर पाएनन् । नयाँ वर्षको दिन गायक शर्मा पर्वतको कुश्मामा भएको कार्यक्रममा पुगेका थिए ।
प्रवल जनसेवा श्री मानपदवी पाउने व्यक्तहरुलाई गृहमन्त्रालयले २६ गते नै फोन गरेको थियो ।
नेपाली जनमानसमा चर्चित बनेका गायक शर्माको पछिल्लो समय ‘लुट्न सके लुट् कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीतका कारण शर्मालाई उक्त पुरस्कारबाट सम्मान नगरिएको होकी भन्ने आशंका चौतर्फि रुपमा उठ्न थालेको छ ।
उक्त गीतमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायतलाई व्यङ्ग्य गरिएकोभन्दै सरकार समर्थीतले गीतको चर्को विरोध गर्दै युट्युबबाट हटाउन भनेका थिए ।
उता सत्तारुढ पार्टीका नेता तथा कार्यकर्ताले धम्की दिएपछि गायक शर्माले उक्त गीत युट्युबबाट हटाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया