काठमाडौं । नेपाल-भारत संयुक्त आयोगको बैठक सुरु भएके छ ।
नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक सुरु भएको हो ।
बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले आ-आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् । बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने बताइएको छ ।
भारतीय विदेशमन्त्री डा. जयशङ्कर दुई दिने भ्रमणका क्रममा आज नेपाल आइपुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया