काठमाडौं । नेपाल र भारतबीच १० हजार मेगावाट बिजुली किनबेचको सम्झौता भएको छ ।
आज उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा नेपाल सरकारले भारत सरकारसँग १० हजार मेगावाट बिजुली किनबेचको सम्झौतामा हस्ताक्षर भएको हो ।
आज मन्त्रालयमा सचिवस्तरीय बैठकमा दुइ देशबीच बिजुली किनबेचका लागि दीर्घकालिन सम्झौतामा हस्ताक्षर भएको हो ।
उक्त सम्झौता पत्रमा नेपालका उर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका उर्जासचिव पंकज अग्रवालले हस्ताक्षर गरेका हुन् । यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० वर्षका लागि १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए । सोही अनुसार आज दीर्घकालिन सम्झौतामा हस्ताक्षर भएको हो ।
आज भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएका छन् । भ्रमणका क्रममा जयशंकरले तीन वटा प्रशारण लाइन समेत उद्घाटन गर्नेछन् ।
एस जयशंकरले आजै राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया