काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन् ।
केहीबेरअघि भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति भवन शीतल निवासमा भेटघाट गरेका हुन् । उनी आजै मात्र नेपाल आइपुगेका हुन् ।
भेटघाटको क्रममा नेपाल–भारतबीच कनेक्टिभिटि, जलवायु परिवर्तनको असर न्यूनिकरण र जलविद्युत विकासमा सहकार्य लगायतका विषयमा छलफल भएको थियो । त्यस्तै भेटका क्रममा राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेको विषयमा जानकारी गराएका थिए । त्यस्तै नेपालको उर्जा शक्ति, कृषि तथा पर्यटनको विकास र मानव संशाधन विकास नेपालको प्राथमिकतामा भएकाले यसमा सहकार्यका लागि जयशंकरसँग आग्रह गरेका थिए ।
त्यस्तै एस जयशंकरले नेपालको सम्भावनाबारे भारत जानकार रहेको बताउँदै भारतले त्यसको लागि निरन्तर सहयोग गर्ने विषयमा अवगत गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेपाल भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागि हुन एस जयशंकर आज नेपाल आइपुगेका हुन् । उनले भोलिसम्म विभिन्न महत्वपूर्ण बैठकहरुमा सहभागि हुने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया