मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

लोकपथ
56
Shares

रूपन्देही । मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएकाे छ । शुद्धोधन गाउँपालिका-३ दोगाना चोकमा लु.३२ प १००९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही गाउँपालिका-३ दोगाना बस्ने २५ वर्षीय प्रलाद थारूको मृत्यु भएको हाे।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?