सेल्टाभिगोले रियल बेटिसलाई हरायो

लोकपथ
0
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रेलिगेशन जोनबाट बाहिर निस्कन संघर्ष गरिरहेको सेल्टाभिगो विजयी भएको छ । बुधबार राति भएको खेलमा सेल्टाभिगोले सातौं स्थानमा रहेको रियल बेटिसमाथि २–१ गोलको पुनरागमन जित निकालेको छ ।

रियल बेटिसले छैटौं मिनेटमा अग्रता लिएको थियो । उसका एइटोर रुबेलले गोल गर्दै अग्रता दिलाएका थिए । तर, १६औं मिनेटमा सेल्टाभिगोले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेको थियो । सेल्टाभिगोका लागि इयागो एस्पास जंकलले गोल गरेका हुन् ।

१–१ गोलको बराबरीतर्फ उन्मुख खेलमा सेल्टाभिगोले दोस्रो आफको पनि अतिक्ति समयमा गोल गरेको थियो ।विलियट स्वेडवर्गले गोल गरेपछि सेल्टाभिगोले २–१ गोलको जितका साथ स्पष्ट ३ अंक लिन सफल भयो ।  जितपछि सेल्टाभिगो ल लिगाको तालिकमा १७औं स्थानमा उक्लिएको छ । यसैगरी रियल बेटिस २८ अंकका साथ तालिकाको सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?