तनहुँमा बस दुर्घटना : ३२ जना घाइते, तीनको अवस्था गम्भिर

लोकपथ
896
Shares

काठमाडौं । वीरगञ्जबाट पोखरा गइरहेको बस तनहुँमा दुर्घना हुँदा ३२ जना यात्रु घाइते भएका छन् ।

बिहीबार बिहान करिब ५ बजे वाग्मती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस म्याग्दे गाउँपालिका–६ मौरीबजारमा दुर्घटनामा परि ३२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

घाइतेहरुमध्ये २९ जनाको तनहुँको बेलचौतारामा उपचार भइरहेको छ ।गम्भिर ३ जनालाई थपउपचारका लागि पोखरा पठाइएको डिएसपी खाँणले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?