अदालतबाट हतकडीसहित फरार भएका थुनुवा पक्राउ

लोकपथ
623
Shares

काठमाडौं । जिल्ला अदालतबाट हतकडीसहित फरार भएका थुनुवा पक्राउ परेका छन् ।

बुधबार जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार भएका विमल खड्कालाई आज बिहान दुवाकोटबाट प्रहरीले पक्राउ गरेको हो ।

डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले खड्कालाई पक्राउ गरेको थियो । सो मुद्दामा कारागार चलान भएका खड्कालाई अर्को मुद्दाको सिलसिलामा प्रहरीले बुधबार जिल्ला अदालत लगेको थियो । सोही क्रममा उनी प्रहरीको आँखा छलेर फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?