हल्ट प्राइजद्वारा शैक्षिक सामग्री वितरण

लोकपथ
455
Shares

काठमाडौं । शंकरदेव क्याम्पसमा हल्ट प्राइजद्वारा सञ्चालित परियोजना दीगो पहल अन्तर्गत पहिलो परियोजना सम्पन्न भएको छ ।

पहिलो परियोजना अन्तर्गत किन्डर हाउस नेपाल, बूढानीलकण्ठका ४० जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।

हल्ट प्राइजकी क्याम्पस डाइरेक्टर पूजा शर्माको नेतृत्वमा उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

शंकरदेव क्याम्पसको स्ववियु, अध्यक्ष सुशान्त बस्नेतको समर्थनमा संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य नं ४ सँग सम्बन्धित परियोजना अन्तर्गत कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?