शीतकालीन ओलम्पिक युथ टिमलाई केल्मीको साथ

लोकपथ
0
Shares

काठमाडौं । दक्षिण कोरियाको गाङवनमा हुने चौथो शीतकालीन ओलम्पिक युथमा सहभागी हुने नेपाली टिमलाई केल्मीले खेल पोशाक प्रायोजन गरेको छ ।

केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङका कार्यकारी निर्देशक उत्तम न्यौपानेले बुधबार आयोजित एक कार्यक्रबीच नेपाल ओलम्पिक कमिटी तथा नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठलाई खेल पोशाक हस्तान्तरण गरेका छन् ।

शीतकालीन युथ ओलम्पिकमा नेपालको यो तेस्रो सहभागिता हो । प्रतिस्पर्धा यू–१९ स्तरमा हुने गर्छ । यसपल्टको प्रतियोगिता जनवरी १९ देखि फेब्रवरी १ सम्म आयोजना हुनेछ । त्यसमा नेपालका तर्फबाट पुरुषमा छोवाङ मिन्गुर तामाङ र महिलामा लक्ष्मी राईले सहभागिता जनाउने छन् । उनीहरू दुवैले स्लालम र जायन्ट स्लालममा आफ्नो चुनौती पेस गर्नेछन् ।

टिमको प्रशिक्षकमा सफलराम श्रेष्ठ र व्यवस्थापकमा रमा भट्टराई रहेका छन् ।नेपाली टिम बिहीबार गाङवन प्रस्थान गर्दैछ । प्रतियोगिता अगाडि ‘ड्रिम फ्रोजेक्ट’ कार्यक्रम अन्तर्गत १५ दिनको विशेष कार्यत्रम पनि सञ्चालन गरिनेछ । कार्यक्रमका अवसरमा अध्यक्ष श्रेष्ठले खेल पोशाक प्रायोजकका लागि धन्यवाद व्यक्त गर्दै प्रतियोगितमा नेपालको सफल प्रदर्शनका लािग शुभकामना पनि व्यक्त गरे ।
केल्मिले नेपालका अधिकांश खेल पोशाकमा प्रायोजन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?