अवैध लागुऔषधसहित दुईजना पक्राउ

लोकपथ
42
Shares

डडेल्धुरा ।अवैध लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अमरगढी नगरपालिका-१ स्याउलेबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २७ मिलिग्रामसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा अछाम साफे नगरपालिका-३ बस्ने २९ वर्षीय सुमन ठकुल्ला र २८ वर्षीय असोक स्वार रहेका छन् । प्रहरी चौकी स्याउलेबाट खटिएको प्रहरीले धनगढीबाट अछामतर्फ जाँदै गरेको सु.प.प्र.०१ ००१ ख ३४०७ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?