काठमाडौं । जिल्ला अदालत काठमाडौं परिसरबाट थुनुवा फरार भएका छन् ।
बुधबार दिउँसो गठी मुद्दामा पक्राउ परेका सिन्धुपाल्चोकका विजय खड्कालाई अदालतमा उपस्थिती गराइएको थियो ।
सो क्रममा उनी हतकडीसहित फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
खड्कालाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले थुनछेकका लागि अदालतमा उपस्थित गराएको थियो । उनी एकाएक फरार भएपछि खोजी कार्य भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया