काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरुले पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेका छन् ।
भैरहवामा अध्यक्ष लिङदेनसहितका नेताहरुले पूर्वराजासँग सामूहिक रुपमा भेटेको तस्बिर सार्वजनिक भएको छ ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उक्त तस्बिर सार्वजनिक गर्दै पूर्व राजा शाहको भनाइलाई उदृत गर्दै आफूले सबैलाई एकताको सूत्रमा बाध्ने बताए ।
“हामी सबैले धेरै देख्यौ/बुझ्यौँ। म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु । मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो। सबै नेपाली मेरो लागि बराबर छन्।’’ पूर्व राजाको भनाईलाई उदृत गर्र्दै उनले भने ।
अध्यक्ष लिङदेन, वरिष्ठ उपाध्यक्ष मिश्रसहित उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा. धवल शमशेर राणा र कार्यसम्पादन समिति सदस्य दिपक सिंहले पूर्व राजा ज्ञानेन्द्रलाई भेटेका थिए ।
भोलि भैरहवामा नागरिक अभिनन्दन हुँदैछ । यसअघि नै कपिलवस्तु लगायतका स्थानमा ज्ञानेन्द्रको उपस्थितीमा नागरिक अभिनन्दन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया